खानेपानी मन्त्रीको प्रतिवद्धता : आफ्नै कार्यकालमा मेलम्चीको पानी खुवाउँछु


३ पुष २०७८, शनिबार
umakanta chaudhary.jpeg OrjjuADgYm

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने प्रतिवद्धता जनाएका छन् ।
गत असार-साउनमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र पुरिएपछि काठमाडौंमा पानी आउन बन्द भएको थियो । गत चैतदेखि परीक्षणको रुपमा मेलम्चीको पानी काठमाडौं ल्याए पनि बाढीले आयोजनामा क्षति पुर्‍याएपछि आयोजना अनिश्चित भएको छ ।

शनिबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले अस्थायी रुपमा भए पनि मेलम्चीको पानी ल्याउने बताए । ‘मेलम्ची खानेपानी स्थायी त होइन अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

शुद्ध खानेपानी र सरसफाइलाई संविधानमा मौलिक हकको रुपमा राखेको उल्लेख गर्दै मन्त्री चौधरीले आफूले जसरी पनि मेलम्ची ल्याउने जिकिर गरेका हुन् । उनले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७