टेलिनेटको कार्यालयमा सूचना तथा प्रसारण विभागको छापा
काठमाडौं : नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ ।
विभागबाट गएको टोली पुग्दा टेलिनेटका सञ्चालकहरु कार्यालयमा उपस्थित थिएनन् ।
टोलीले टेलिनेटका कर्मचारीलाई उक्त कम्पनीले अल्ट बालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेका छन् भन्ने सोधपुछ गरेका थिए ।
साथै, नेपालमा प्रसारण अनुमतिको लाइन्सेस पनि मागेका थिए । तर, केही पनि देखाउन नसकेपछि टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन भनेको छ ।
आधिकारिक कागजातसहित विभागमा उपस्थित हुन चिठी काटीएको विभाग स्रोतले जानकारी दियो ।