बुबा शिवप्रसादले बुझे एसएसपी यादवको शव, यस्तो आयो पोस्टमार्टम रिपोर्ट
भैरहवा । संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको मृत्यु ‘ह्यांगगिङ्ग’ (झुण्डी आत्महत्या) ले रिपोर्ट आएको छ ।
शुक्रबार राति नै स्थानीय भीम अस्पतालमा गरिएको शवको पोस्टमार्टम अनुसार उनको मृत्यु ‘ह्यांगगिङ्ग’ ले भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फरेन्सिक विज्ञ डा. आहना श्रेष्ठले शवको पोस्टमार्टम गरेकी थिइन् । पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसंस्कारका लागि गृह जिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।