सन् २०२१ मा कुल ६७ हजार आप्रवासीलाई इटली प्रवेशका लागि अनुमति


१७ पुष २०७८, शनिबार
aprabasi

काठमाडौं । इटलीको सिसिली टापुमा २०२१ को अन्तिम दिन अर्थात हिजो ४४० जना आप्रवासी बोकेको एउटा उद्धार जहाजलाई अवतरणका लागि अनुमति दिइएको छ ।

योसहित सन् २०२१ मा इटलीको सिसिलीनजिकको किनार हुँदै कुल ६७ हजारभन्दा बढी मानिसले प्रवेश अनुमति पाएका इटलीले जनाएको छ । इटलीको गैरसरकारी संस्थाले उद्धारका लागि सञ्चालन गरेको सी वाच-३ नामक जहाजका अधिकारीले ट्वीटरमार्फत् यसबारे जानकारी गराएका हुन् ।

उद्धारमा प्रयोग भएको जहाजले नोभेम्बर २०१७ देखि लिबियाको तटबाट सामुद्रिक गस्ती गर्दै आएको छ । यो गैर-लाभकारी समूहहरूद्वारा सञ्चालित जहाज हो । इटलीको समुद्रमा जहाजहरूले आप्रवासीहरूलाई भूमध्यसागरको मध्यक्षेत्र पार गरेर युरोपमा पुर्याउने गर्छन् । त्यहाँ अक्सर भीड हुनेगर्छ । उनीहरूले समस्या देखिएका जहाजहरूलाई मद्दत समेत गर्ने गर्छन् ।

इटलीको गृह मन्त्रालयले डिसेम्बर ३१ मा अद्यावधिक गरेको तथ्याङ्कअनुसार २०२१ मा कुल ६७ हजार ४० आप्रवासी इटली भित्रिएका छन् । यो २०२० मा रेकर्ड गरिएको सङ्ख्या भन्दा ३४ हजार १५४ ले बढी हो । तर सन् २०१६ मा भने यो सङ्ख्या एक लाख ८१ हजार ४३६ रहेको थियो ।

संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायले डिसेम्बर २६ मा अद्यावधिक गरेको तथ्याङ्क अनुसार सन् २०२१ मा एक लाख १४ हजार ५८४ आप्रवासी समुद्रबाट साइप्रस, ग्रीस, इटली, माल्टा र स्पेनमा पुगेका छन् । सन् २०२० को तुलनामा २०२१ मा सामुद्रिक आगमनन दर बढेको देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७