राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट एमालेका तीन जनाको उम्मेदवारी दर्ता


२० पुष २०७८, मंगलवार
Gandaki amale rastriyasabha

पोखरा । राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीबाट एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनमा गण्डकीबाट एमालेबाट पुण्यप्रसाद पौडेल, लिला पोखरेल थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले अन्य समूहबाट, थनेतले महिला कोटाबाट र सुनामले दलित कोटाबाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यस पटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ ।

त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २-२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १-१ जना, प्रदेश १ र कणर्ाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १-१ जनाका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७