जुवाको खालबाट ११ जना पक्राउ
नवलपरासी । नवलपरासी पूर्व नवलपुरबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका- १ बिपी चोकमा तास खेलिरहेको ११ जना पक्राउ परेका छन् ।
गएराति स्थानीय चोलबहादुर कानुङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
पक्राउ पर्नेमा बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी र हविजित यादव छन् । उनीहरुको साथबाट ५४ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको कावासोतीका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए । पक्राउ परेकाहरुलाई हिरासतमा राखेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।