लमजुङमा सिभिल बैंकको दुई शाखाहरु थपिए


३ चैत्र २०७४, शनिबार
Civil Bank

काठमाडौं : सिभिल बैंकले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ। बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी र ५७औं शाखाको रुपमा क्व्होलासोंथर गाउँपालिकामा शाखा खोलेको हो।

Civil Bank

छुट्टाछुट्टै कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले शाखाहरुको उदघाटन गरे।  सो अवसरमा रेग्मीले बैंकहरुको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउँदै हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्ने लक्ष्य लिइएको बताए।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए। हरेक स्थानीय तहमा बैंक पुरायाउने नीतिअनुरुप सिभिलले बैंकको पहुँच नपुगेका ठाउँहरुमा शाखा बिस्तार गर्दै लगेको उनले बताए।

कार्यक्रममा स्थानीयले पञ्चेबाजासहित स्वागत गर्दै खुशी व्यक्त गरेका थिए। सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासमा २१ करोड ६५ खुद नाफा कमाउन सफल भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७