फेरि चर्चामा आइन् भाइरल बनेकी नायिका प्रिया प्रकाश
काठमाडौं, ४ चैत्र(एजेन्सी)। आफ्नो फरक अन्जादका कारण इन्टरनेटमा तहल्का मच्चाउन सफल प्रिया प्रकाश फेरि एक पटक चर्चामा आएकी छिन् । आँखा झिम्क्याएरै प्रख्यात भएकी मलयालम नायिका प्रिया प्रकाश भिडियो भाइरलपछि पहिलो पटक फोटो शुट गराएकी छन् । जसमा उनी पिंक कलरको ड्रेसमा देखिएकी छन् ।
उनले आफ्नो इंस्टाग्राम एकाउन्टमा फोटो शेयर गरेकी छन् । प्रिया प्रकाशले आफ्ना फोटा इंस्टाग्राममा शेयर गर्ने वित्तिकै ती फोटोलाई मानिसहरुले मन पराएका छन् । २४ घण्टामा उनको फोटोमा करिव ८ लाखले लाइक गरेका छन् । उनको अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् ।
फलोअर्स धेरै भएकै कारण केही अन्तर्रा्ष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनले कुनै ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी अग्रपंतिमा छिन् ।
प्रिया प्रकाशको पोस्टमा कमेन्ट गर्नेहरुले उनलाई युवराज्ञी भनेर सम्वोधन गरेका छन । इंस्टाग्राममा प्रियाका ५१ लाख भन्दा बढी फलोअर्स छन् । प्रिया प्रकाशलाई गुगलमा सनी लिओनी भन्दा धेरै सर्च गरिएको छ ।
भ्यालेन्टाइन डेको अवसरमा प्रिया प्रकाशको सानो भिडियो इन्टरनेटमा भाइरल भएको थिया । सो भिडियोमा प्रिया एक युवकलाई आँखा झिम्क्याउँदै गरेको देखिन्छ । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिज हुनै बाँकी छ ।