गल्याङको लबरकोटमा नेपाल टेलिकमको नयाँ टावर सञ्चालन
काठमाडौं, माघ २६ । नेपाल टेलिकमले गल्याङ नगरपालिकाको लबरकोटमा जीएसएम सेवाको नयाँ बीटीएस टावर सञ्चालनमा ल्याएको छ।
फोरजी तथा टुजी दुवै सेवासहित सञ्चालन गरिएको उक्त टावरले सो क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेश प्रमुख इन्दल यादवले बताए ।
गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिकलगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोट लगायतका आसपासका क्षेत्रका उपभोक्ताहरु पुर्ण रुपमा लाभान्वित हुने नेपाल टेलिकम गल्याङका प्रमुख राम राज उपाध्यायले बताए । नेपाल टेलिकमले उक्त सेवा गत मंगलबारदेखि सुचारु गरेको हो ।