तीन अर्ब ६० करोडको संरचना २४ महिनामै ठडियो


६ चैत्र २०७४, मंगलवार
APF Training center kathmandu

काठमाडौं, ६ चैत्र ।  नेपालका सानादेखि ठुलासम्म अधिकांश योजना ठेकेदारहरुले काम नगर्दा वर्षौँसम्म अधुरै हुन्छन् । खोलामा एउटा पिलर गाडेर १० वर्षसम्म पुल अलपत्र छाडेका उदाहरण हामीमाझ कयौँ छन् ।APF Training center kathmandu

नेपालमा कर्मचारीको असहयोग, नाकाबन्दी, बन्द हड्ताल, बजेट निकासामा ढिलाइ र निर्माण सामाग्री अभावको बहाना बनाउँदै तोकिएको समयमा कुनै पूर्वाधार पुरा हुँदैनन् । सरकारले दिएको समयमा पूर्वाधार तयार भएका उदाहरण त बिरलै छन् । धेरै योजना २० औँ वर्षसम्म अलपत्र पर्दा त्यसको पीडा सर्वसाधरणले भोग्नुपरिरहेको छ । तर नेपालको यही परिस्थितिमा पनि योजनाबद्ध काम गरेमा निर्धारित समय भन्दा धेरै छिटो ठुला संरचना पनि तयार गर्न सकिन्छ भन्ने उदाहरण सशस्त्र प्रहरीको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा निर्मित तालिम केन्द्र भएको छ ।

चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा निर्माण भएको सशस्त्र प्रहरी बलको प्रशिक्षण प्रतिष्ठान भवनलाई एउटा चिनियाँ कम्पनीले निर्माण सम्झौता अवधिभन्दा पहिलै नै सकेर सरकारलाई हस्तान्तरण पनि गरेको छ । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा समाचार छ ।

साढे दुई वर्ष अर्थात् ३० महिनामा सक्ने गरी सम्झौता भएको उक्त प्रशिक्षण प्रतिष्ठान भवनको दुई वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । २०७२ साल बैशाख ३ गते चिनियाँ रेलवे कन्ट्रक्सनले निर्माण थालेको उक्त भवन २०७४ बैशाखमै तयार भएको थियो ।

निर्माण सकिएर २०७४ जेठ २ मा नै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा तत्कालिन गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच प्रशिक्षण प्रतिष्ठानको संरचना हस्तान्तरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

यसबीचमा विभिन्न चरणमा निर्वाचन कार्यक्रम परेपछि औपराचिकरुपमा भवनको उद्घाटन हुन सकेको थिएन । सोमबार उक्त भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

विकास यस्तै गतिमा

भवन उद्घाटन गरेपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई यो सहयोगका लागि धन्यवाद दिएका छन् । ३० महिनामा निर्माण गर्ने सम्झौता भए पनि २४ महिनामै चाइना रेल्वे कन्ट्रक्सन कम्पनीले निर्माण गरी भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरे ।

‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडी बढ्छन, यसका लागि सबै तयार रहनु पर्छ ।’

कस्तो छ संरचना

नेपाल र चीनबीच २०७१ मङ्सिर २६ गते निर्माणसम्बन्धी सम्झौता भएको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा २०७१ पुस ११ गते प्रतिष्ठानको शिलान्यास गरेका थिए । निर्माण थालनी भने २०७२ बैशाखबाट भएको थियो ।

तीन सय १८ रोपनी क्षेत्रफलमा फैलिएको प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि चीन सरकारले तीन अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । उक्त तालिम केन्द्रमा मुख्य शैक्षिक भवन, सभाकक्ष, कभर्ड हल, फुटबल मैदान, स्किमिङ पुल, जिम हल, हेलिप्याड, बास्केटबल कोर्ट र प्रशिक्षक तथा प्रशिक्षार्थी भवनलगायत संरचना छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७