भिलारियल र युभेन्टस बराबरीमा रोकिए


११ फाल्गुन २०७८, बुधबार
juventus villareal BDG0qjM2Z9

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा भिलारियल र युभेन्टस बराबरीमा रोकिएका छन् ।

भिलारियलको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमा नै गोल गर्दै युभेन्टसले अग्रता लिएको थियो । तर, खेलको ६६ औं मिनेटमा भिलारियलले गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । युभेन्टसका लागि डुसन भ्लाहोभिकले आफ्नो डेब्यु खेलमा नै गोल गरेका हुन् ।

क्वार्टरफाइनमा प्रवेशको लागि आगामी मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच पुनः प्रतिस्पर्धा हुनेछ । उक्त खेलले माथिल्लो चरणमा जाने टोलीको छिनोफानो गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७