पशुपतिमा भीडका कारण पुलको पर्खाल भत्कियो, २ जना घाइते
काठमाडौं : पशुपतिको आर्यघाटस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते छन् ।
दर्शनार्थीको भार थेग्न नसक्दा मंगलबार साँझ पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ।
पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।