सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१४ चैत्र २०७८, सोमबार
FLP Simikot

काठमाडौं, १४ चैत । बिल्ड योर फ्युचर, बि स्मार्ट अबाउट मनीु अर्थात् आफ्नो भविष्य आफै बनाउनुहोस्, पैसासम्बन्धी सचेत रहनुहोस्, भन्ने मुल नाराका साथ सञ्चालन भएको ग्लोबल मनी विकले पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ।

यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशबाट विभिन्न क्रार्यक्रमहरू सञ्चालन गरेको छ। जसमा प्रदेश नं १ को हल्दीबारीस्थित लक्ष्मी उच्च माध्यामिक विद्यालय, मधेश प्रदेशको सप्तरीस्थित बनुला विद्यालय, बाग्मती प्रदेशको नुवाकोटस्थित रनभुबनेश्वरी उच्च माध्यामिक विद्यालय, गण्डकी प्रदेशको म्याग्दीस्थित पौलस्त्य उच्च माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको ग्ली माध्यामिक विद्यालयमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तिय ज्ञान प्रदान गरिएको हो।

क्रार्यक्रमा उपस्थित विधार्थी, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा बताइयो। यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिम बारेमा समेत जानकारी गराइएको थियो।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो। यसबाट बैंकिङ प्रणाली मजबुत हुने विश्वास बैंकले लिएको छ।

डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवात पनि गरेको छ। कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्ने जस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकका ग्राहकहरूको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्धेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकनै गर्न सकिन्छ।

सिटिजन्स बैंकले हाल देशभर रहेको आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट १३ लाख भन्दा बढि ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७