मारिओपोल शहरमा एक हजार युक्रेनी सेनाको आत्मसमर्पण
किभ । रुसले रणनीतिक बन्दरगाह शहर मारिओपोलमा एक हजार भन्दा धेरै युक्रेनी सेनाले आत्मसमर्पण गरेको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वी युक्रेनको रणनीतिक बन्दरगाह शहर मारिओपोलमा एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो ।
सो शहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेर आक्रमण गरिरहेको छ । ‘मारिओपल शहरमा ३६ औं मरिन ब्रिगेडका एक हजार २६ युक्रेनी सैनिकहरूले हतियार त्यागेर आत्मसमर्पण गरे’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।