ग्लोबल आइएमई बैंकका ग्राहकले भिडियो कलमार्फत केवाइसी अपडेट गर्न सक्ने


१४ बैशाख २०७९, बुधबार
global ime bank

काठमाडौं, १४ बैशाख। ग्लोबल आइएमई बैंकले भिडियो केवाइसी प्रणाली संचालनमा ल्याएको छ। बैंकले डिजिटल नेटवर्क सोलुसनसँग भिडियो केवाइसी प्रणाली विकास र कार्यान्वयनका लागि सम्झौता गरेको थियो।

सम्झौतापत्रमा बैंकका नायब महाप्रवन्धक कल्याण बिक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि बैंकका ग्राहकले अनलाइन भिडियो कलमार्फत केवाइसी अपडेट गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले यो सेवाले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७