हेटौँडा उपमहानगरमा राप्रपाकाे अग्रता, गठबन्धन दोस्रो नम्बरमा
मकवानपुर, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंहले अग्रता लिएका छन् । गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई सिंहले पछि पारेका हुन् ।
अहिलेसम्म नौ हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले दुई हजार सात सय १० मत, गठबन्धनकी उम्मेदवार लामाले दुई हजार ६ सय ६९ मत र नेकपा एमालेका अनन्त पौडेलले दुई हजार चार सय ३४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनका राजेश बानियाँले तीन हजार नौ सय ८२ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले तीन हजार १६ र राप्रपाकी इन्दिरा न्यौपानेले आठ सय तीन मत प्राप्त गरेका गरेका छन् ।