खाँदबारीको प्रमुखमा थपलिया विजयी
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले आठ हजार ३४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याए । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख थिए ।
उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भइन् । उनले छ हजार ३८५ मत प्राप्त गरेको र निकटम प्रतिद्धन्दी गठबन्धनतर्फबाट माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे । खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।