धुलिखेलमा एमालेका अशोक व्याञ्जु दोस्रो पटक निर्वाचित, उपमेयरमा कांग्रेस
धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा नेकपा (एमाले) निर्वाचित भएको छ । मेयरमा एमालेका अशोककुमार व्याञ्जु (श्रेष्ठ) ८,३५१ मतसहित निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ७,४११ मत पाएका छन् । उनीहरूबीच मतान्तर ९४० रह्यो । उपमेयर भने कांग्रेसका निराजमान जंग ७,९३८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालतार अधिकारीले ७,७९१ मत ल्याएका छन् ।
उपमेयर बनेका जंगम चुनाव अघि एमालेबाट कांग्रेस प्रवेश गरेका हुन् । अघिल्लो निर्वाचन एमालेबाट वडा नम्बर ८ का अध्यक्षमा निर्वाचित भएका थिए । यो नगरमा १२ मध्ये ६ वटा वडा कांग्रेस निर्वाचित भएको छ । व्याञ्जु २०७४ सालमा पनि मेयरमा निर्वाचित भएका थिए ।