बर्दिया गोलीकाण्ड छानबिन गर्न गृहमन्त्री खाँणले बनाए समिति


२४ जेष्ठ २०७९, मंगलवार
Balkrishna khad 1

काठमाडौं । गृह मन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ मा सोमबार गोली लागेर नबिना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निणर्यबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई काम शुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

बर्दियामा घाइते बाघको नियन्त्रणको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नविना थारूको मृत्यु भएको थियो । मानिसमाथि आक्रमण गर्दै आएको बाघ नियन्त्रण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा थारुको मृत्यु भएको थियो । स्थानीयले प्रतिकार गर्दा १८ प्रहरी समेत घाइते भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७