भारतबाट फर्केपछि प्रचण्डले भने, ‘भारतको स्वागत प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन’

‘भ्रमण सोचेभन्दा राम्रो र सफल भयो’


१ श्रावण २०७९, आईतवार
prachanda 001 TozeDlfp6p

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तीन दिने भारत भ्रमण सोचेभन्दा राम्रो र सफल भएको बताएका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा भएको तीन दिने भ्रमण सकेर फिरेपछि त्रिभुवन विमानस्थलमा उनले यस्तो बताएका हुन् ।

‘मैले भ्रमणमा जाँदा नेपालको हितमा राखेर, केन्द्रबिन्दुमा राखेर काम गर्नेछु भनेको थिएँ । दिल्लीमा नेताहरु पत्रकारहरुसँग भेट हुन्छ भनेको थिएँ’, उनले भने, ‘भ्रमण अपेक्षाअनुसार सफल भएको छ । मेरो भ्रमण सोचेभन्दा पनि सफल र राम्रो भएको छ ।’

उनले भारतीयबाट पाएको सम्मान र सुरक्षा व्यवस्थाबाट आफू खुशी भएको बताए । ‘मलाई गरिएको जुन सम्मान र सुरक्षा व्यवस्थाबाट म खुशी भएँ ।’ उनले थपे, ‘यहाँबाट गएकै दिन मेरो विदेश सचिवसँग भेट भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन । उस्तै उस्तै गरेको पाइयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७