सांसदको प्रश्न : अमेरिकालाई पठाएको पत्रमा के छ ? परराष्ट्र मन्त्रीको जवाफ : विश्वास गर्नुस् न


१३ श्रावण २०७९, शुक्रबार
narayan khadka samsad
????????,????? :????? ???? ??? ???? ?????????? ?????? ????? ????????? ????? ????? ???????? ???????????? ?????? ???? ????? ???????????????? ??.?????? ????? ? ?????? : ????????? ????????,????

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने भनेर पठाएको पत्रको विषयमा विश्वास गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको साउन १३ गतेको बैठकमा मन्त्री खड्काले साउन ९ गते नै अमेरिकालाई पत्राचार गरेको बताएका थिए । सांसदहरूले पत्र सार्वजनिक गर्न माग गरेपछि खड्काले सरकारले भनिसकेपछि पत्याउन आग्रह गरेका हुन् ।

‘सार्वभौमसत्ता सम्पन्न कार्यपालिकाको सर्वोच्च निकाय मन्त्रिपरिषद्ले गरेको निणर्यबारे आशंका र संशय व्यक्त गरिरहेका छौं । निर्वाचित सरकारले गरेको निणर्यहरूमा पनि आशंका व्यक्त गर्दै गयौं भने राज्य सञ्चालनमा सघाउ पुग्दैन । आपसमा विश्वासको वातावरण बनाउनै पर्दछ’, खड्काले भने, ‘सरकारको पक्षबाट म आएर बोलिसकेपछि विश्वास गर्नुस् न !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७