वनको एक बित्ता जग्गा पनि अतिक्रमण हुन दिन्न : मन्त्री यादव


२१ श्रावण २०७९, शनिबार
pradeep

सर्लाही । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने दावी गरेका छन् । आज (शनिवार सर्लाहीको ईश्वरपुर नगरपालिका-४ मा निर्मित सशस्त्र वन रक्षक व्यारेक भवनको उद्घाटन गर्दै मन्त्री यादवले आफनो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताए ।

उनले ‘हरियो वन नेपालको धन’ भएको बताउँदै आफनो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न नदिने र वन माफियालाई कानुनी दायरामा ल्याउने बताए । यसैगरी मन्त्री यादवले सुकुम्वासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुमवासीलाई मात्रै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

मन्त्री यादवले वन र जङ्गल हाम्रो साझा सम्पत्ति भएको र आफ्नो सम्पत्ति रक्षा गर्न सबैले कटिबद्ध हुनुपर्ने जिकिर गरे । पछिल्लो केही समय यता सरकारी वनको जग्गामाथि गलत मनयसाय बोकेका केही भूमाफिया, तस्करहरुले आँखा गडिरहेकाले उनीहरुका सपना पूरा हुन नदिने वचन बद्धता पनि व्यक्त गरे ।

मन्त्री यादवले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियावस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भए मात्रै रुख कटानका लागि मन्त्रालयबाट अनुमति दिइने पनि जानकारी गराए । उनले बाराको निजगढ विमानस्थल मधेशको लाइफलाइन भएको हुँदा आफू त्यसको विरोधी नभएको स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७