आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिवद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन् ।
२८ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकारले सदैव सकारात्मक भूमिका खेल्ने बताएका हुन् ।
उनले भने, ‘‘रकारले आदिवासी जनजातिको हितका लागि महत्वपूणर् कार्य गर्दै आएको छ । भाषा संस्कृतिको संवर्द्धन गर्ने कार्य मेरै नेतृत्वको सरकारले गरेको पनि जानकारी गराउन चाहन्छु ।’ देउवाले समावेशीकरणको नीतिलाई प्राथमिकता दिइएको बताए ।
आदिवासी जनजातिको परम्परागत ज्ञान सिप र अनुभवलाई प्राथमिकता दिने नीति लिइएको बताए । नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी रहेको बताए । देउवाले भने, ‘नेपाल बहुजाति बहुभाषी, बहुसांस्कृतिक मुलुक हो । विविधताभित्रको एकताले देश समृद्ध भएको छ ।’