थप २५७ मा कोरोना संक्रमण, २३२ संक्रमणमुक्त


१४ भाद्र २०७९, मंगलवार
FbZxAJ0agAEtF 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३,९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २४६३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३,१४६ पुगेको छ । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७