जबराको दोस्रो दिनको बयान सकियो, दुई प्रश्नको मात्रै दिए जवाफ
काठमाडौं । महाभियोग सिफारिस समितिको दोस्रो दिनको बैठक सकिएको छ । ११ बजे सिंहदरबारमा बसेको दोस्रो दिनको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोधिएको दुईवटा प्रश्नको मात्रै बयान दिएका छन् ।
बाँकी बयानका लागि सिफारिस समितिले १९ गते ११ बजेका लागि बैठक बोलाएको छ । महाभियोग सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ ।