कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ?


२६ भाद्र २०७९, आईतवार
IPO

काठमाडौं । इस्टर्न हाइड्रोपावरले आइपीओमा आवेदन दिने म्याद मंगलबार मात्र छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्‍याएको हो ।

कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ । इस्टर्नले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूणर् स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७