‘जोत्नेलाई भूमि दिए मात्र भूमि सुधार हुन्छ’


१ आश्विन २०७९, शनिबार
prem suwal
फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताइन् । उनले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताइन् । उनले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उनले स्पष्ट पारिन् । उनले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको धारणा राखिन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाए । उनले मुलुकमा डेङ्गु रोगका कारण जनता पीडामा परिरहेको तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको भनाइ राखे । साथै उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिए मात्र भूमिसुधार हुने उल्लेख गर्दै भने, ‘जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७