कलाकार बुद्धि तामाङले भोलि अनु थिङसँग लगनगाँठो कस्दै


६ आश्विन २०७९, बिहीबार
Buddhi tamang anu thing couple

काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । ‘हैट’ थेगोले चर्चा बटुलेका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका हुन् ।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७