बारामा बस दुर्घटना, ६ जनाको मृत्यु
बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा पुल नजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गतेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।
उद्दार कार्य चलिरहेको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि हेटौंडा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।