गोली लागेर घाइते पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान डिस्चार्ज


२१ कार्तिक २०७९, सोमबार
Imran Khan 1 1 OuoFoHUFCe

काठमाडौं । गोली लागेर घाइते भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो ।

यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएका छन् । उनी हिजो अस्पतालबाट डिस्चार्ज भएका हुन् । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक संकट चुलिएको छ ।

पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्व प्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७