संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले बढ्यो


११ मंसिर २०७९, आईतवार
Rastra Bank

काठमाडौं । २०७८ कात्तिक मसान्तको तुलनामा २०७९ कात्तिक मसान्तमा संघीय सरकारको कुल खर्च २२.०६ प्रतिशतले वृद्धि भएको छ । यससँगै संघीय सरकारको खर्च रु.३५० अर्ब ९८ करोड पुगेको महालेखा नियन्त्रक कार्यालयलाई उदृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।

उक्त खर्चमा चालु खर्चको अंश ८०.१६ प्रतिशत रहेको बताउँदै राष्ट्र बैंकले तलब तथा सामाजिक सुरक्षा खर्चमा वृद्धि र आम निर्वाचनका कारण सरकारी खर्च बढेको जनाएको छ ।

बैंकले राजस्व परिचालन भने कात्तिक मसान्तमा १९.८१ प्रतिशतले घटेको देखाएको छ । २०७८ कात्तिकसम्ममा रु.३३४ अर्ब ३१ करोड राजस्व परिचालन भएकोमा २०७९ कात्तिकसम्ममा रु.२६८ अर्ब ७ करोड राजस्व परिचालन भएको हो । आयातमा संकुचन आएकाले राजस्व परिचालन प्रभावित देखिएको राष्ट्र बैंकको भनाइ छ ।

अमेरिकी डलरको अधिमूल्यन र ब्याजदरमा भएको वृद्धिका कारण सरकारको ऋण दायित्व बढ्नुको साथै ऋणको ब्याज भार पनि बढ्न गएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७