जीप दुर्घटनामा चालकको मृत्युु
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउद रहेका छन् ।
डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउदले चलाएको से १ ज ८१६ नम्बरको जीप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालक मात्रै रहेको उक्त जीप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।