कार्यकर्तालाई माधव नेपालले सोधे : घण्टीलाई किन भोट मागेको ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना कार्यकर्तालाई घण्टीमा किन भोट मागेको भन्दै प्रश्न गरेका छन् । आज (शनिबार) रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समानुपातिकमा घण्टीमा भोट मागेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने, ‘सम्पर्क मञ्चका साथीहरु रौतहट जिल्लामा गएपछि समानुपातिकमा घण्टीमा भोट दिनुप¥यो भन्ने सुन्नमा आएको छ । सुन्नमा आएको कुरा सहि हो होइन, खुलस्त भने भइहाल्छ । प्रत्यक्षमा त कलममा मागेको थिएँ, समानुपातिकमा उसले गरेको काम र बोली मन परेकोले घण्टीमा भोट मागेको हुँ भने भइहाल्यो, तर भोलि प्रमाण फेला प¥यो भने गाह्रो पर्ला, समीक्षा गर्नुपर्ने बेला आएको छ ।’
उनले समानुपातिकमा एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न नसकेपछि उनले कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले एकीकृत समाजवादीले पाएको मत चित्तबुझ्दो नभएको पनि उनले बताएका छन् । उनले काम धेरै गरे पनि प्रचार हुन नसकेको बताए ।