६ थुनुवा फरार प्रकरण : तीन प्रहरी निलम्बित, इन्सपेक्टरसहित बाँकी सबै जिल्लामा तानिए


१७ माघ २०७९, मंगलवार
dhansua Yqv79rm9fY

धनुषा । धुनषामा पर्खाल फोडेर ६ थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् । घटानापछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा कार्यरत सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।

इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय ड्युउटी बसेका तीन जना प्रहरी जवानलाई निलम्बन गरिएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरीलाई निलम्बन गरिएको हो । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको जनाएको छ । हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर भए पनि घटनामा ड्यटीको समय प्रहरीको लापरबाही देखिएकोले निलम्बन गरिएको प्रहरीले जनाएको छ । थुनुवा फरार घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिरहेका छन् ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका–२ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७