कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ : अध्यक्ष ओली

‘हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने ?’


२२ माघ २०७९, आईतवार
kp oli 1

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांगेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको भन्दै व्यङग्य गरेका छन् ।

उनले आइतबार संसदको विशेष समयमा बोल्दै भने, ‘नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ । मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ । त्यसैले कांग्रेस पानी बाहिरको माछा जस्तै छलपटाइरहेको छ ।’
अध्यक्ष ओलीले काँगैसलाई ‘लोकतन्त्र भनेको कांग्रेस हो, कांग्रेस भनेको लोकतन्त्र हो’ भन्ने भ्रान्त मान्यता रहेको उल्लेख गरे । ‘कांग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र हुन्छ भने भ्रान्त मान्यता छ’, उनले भने ।

अध्यक्ष ओलीले राजनीतिक अस्थिरताको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले राजनीतिक अस्थिरता अन्त्य गरी देशलाई स्थिरतातर्फ लैजानु पर्ने बताए । उनले राजनीतिक स्थायित्वको अपेक्षा गरिएको संविधान जारी भइसकेपछि सात वर्षको अवधिमा सात प्रधानमन्त्री फेरिएको बताए ।

‘हाम्रो चाहना प्रयास र खोजी स्थिरताको रह्यो । हाम्रो वर्तमान अनिश्चय, डर र विभिन्न खालका साँठगाँठले आक्रान्त हुने गरेका छन् । देश र जनतालाई आकार दिने राजनीति आफै भइपरि आउने अवसर पर्खिरहेको छ’, उनले भने, ‘हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने ?’

ओलीले आत्मविश्वासका साथ जनताको हितमा लाग्नुपर्ने र स्थायित्वको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताए । ‘राजनीति अस्थिरताको अन्त्य गरी राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरौं’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७