प्रहरी भ्यानबाट हतकडीसहित बलात्कार अभियुक्त फरार
धनुषा । धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित भागेका छन् । प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
धनुषाको सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर हतकडीसहित फरार भएका हुन् । आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा उनी फरार भएको प्रहरीले बताएको छ । प्रहरीले उनको खोजी तीब्र बनाएको छ ।