३३ करोड प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्वीटरको आग्रह
काठमाडौं, २१ बैशाख । सामाजिक सञ्जाल ट्विटरले आफना ३३ करोड प्रयोगकर्तालाई खाताको पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । केही प्राविधिक त्रुटि देखिएका कारण आफ्नो आन्तरिक सञ्जालमा केही प्रयोगकर्ताका पासवर्ड खुल्ला रूपमा देखिएको भन्दै ट्विटरले यस्तो आग्रह गरेको हो ।
पासवर्डहरू चोरिएका वा तिनको दुरुपयोग भएको सङ्केत आन्तरिक अनुसन्धानमा नपाइएको ट्विटरले जनाएको छ । तरपनि ‘पर्याप्त सावधानी’ का लागि प्रयोगकर्ताहरूलाई पुरानो पासवर्ड फेर्न ट्विटरले आग्रह गरेको छ । भने ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन्।
We recently discovered a bug where account passwords were being written to an internal log before completing a masking/hashing process. We’ve fixed, see no indication of breach or misuse, and believe it’s important for us to be open about this internal defect. https://t.co/BJezo7Gk00
— jack (@jack) May 3, 2018
ट्विटरले आफ्नो ब्लगमा त्यसो भएकोमा दुस्ख व्यक्त गरेको छ । ट्विटर खाताको सुरक्षार्थ एवम् ह्याकिङबाट जोगिन ट्विटरले प्रयोगकर्तालाई पासवर्ड परिवर्तनबाहेक टू–फ्याक्टर अथेन्टिकेशन भनिने सेवा पनि प्रयोग गर्न सुझाव दिएको छ ।
उसले खाताको कति पासवर्ड प्रभावित भए त्यो भने स्पष्ट पारेको छैन । तर प्रभावित भएका खाताको संख्या ‘उल्लेख्य’ भएको बताएका छन् । केही महिनादेखि पासवर्डहरू खुल्ला रहेको बुझिएको छ । ट्विटरको आधिकारिक ब्लगमा ‘ह्याशिङ’ विधिका कारण सो त्रुटि भएको हो । प्रयोगकर्ताले लेखेको पासवर्ड ह्याशिङ विधिबाट अरू गुप्त सङ्केतमा रूपान्तरित हुन्छ । तर बगले ह्याशिङ् विधिद्वारा रूपान्तरण प्रक्रिया सकिनुअघि नै पासवर्डलाई एउटा आन्तरिक कम्प्युटर लगमा सङ्गृहीत गराइदियो ।
ट्विटर स्रोतले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार प्राविधिक भाषामा ‘बग’ भनिने त्यो त्रुटि केही हप्ताअघि पत्ता लागेको थियो । त्यसबारे नियामक निकायलाई पनि सूचित गरिएको बताइन्छ । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले सो समस्याको निराकरण भइसकेको भन्दै ट्वीट गरेका छन् ।
बिहिबार मात्रै पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीको सरकारको आधिकारिक ट्वीटर ह्याण्डल ‘जिओभीटी अफ पाकिस्तान’ले प्रधानमन्त्री शाहिद खकान अब्बासीले विहीबार नेपालको दुई दिने भ्रमण गर्न लागेको सूचना जारी गरेको थियो । तर त्यो विल्कुलै गलत सुचना प्रवाह भएको थियो ।