साकेलामा झल्किएको सांस्कृतिक भेषभुषा (फोटोफिचर)
प्रबिन कुलुङ राई
काठमाडौँ, २२ बैशाख: बैशाख पूर्णिमा देखि सुरु हुने किराँत समुदायको महान् चाड साकेला उभौली मनाइएको छ । राजधानीस्थित टुँडिखेलमा राई र सुनुवार समुदायले साकेला सिली नाच्दै, प्रकृति पुज्दैं मनाएका हुन् ।
उभौली किराँत सुनुवार, राई र याक्खा जातिको महान चाड साकेला साकेन्वा उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुन्छ ।
उभौली पर्वको रूपमा रहेको किराँतीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ ।