भैरहवा सिटी अस्पतालको चरम लापरवाही : मुटुरोगीलाई ग्यास्ट्रिकको औषधि
बिरामीको मृत्यु हुँदा अस्पतालका जिम्मेवार व्यक्ति सम्पर्क बिहिन
-शशि पन्थी
भैरहवा, वैशाख २८ । भैरहवाको सिटी अस्पतालको चरम लापरबाहीका कारण एक जना बिरामीको मृत्यु भएको छ । मुटु दुख्यो भनेर अस्पतालमा चेक गर्न अाएका बिरामीलार्इ ग्यास्टीकको औषधि दिएर पठाएकाे दुर्इपछि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी ३६ वर्षका रामु चुँदाली मृत्यु भएकाे हाे ।
रामु चुँदाली २६ गते बुधवार मुटु दुख्यो भनेर आफै चेक गर्न आएका थिए हस्पिटलले ग्यास्टीक हो भनेर ७ दिनको औषधी दिएर फर्काएको थियो । त्यसको ५ मिनेटपछि मुटु दुख्न थाल्यो त्यसपछि दौडाएर ल्याउँदा बिरामीको मृत्यु भएको बिरामीका दाइ दुर्गा बहादुर चुँदालीले बताए ।
मृतककी आमा मायादेवि चुँदालीले रुँदै अस्पतालले यति साह्रै लापरबाही गरेर आफ्नो छोरा गुमाउनु परेको बताइन् । ‘उपचार नहुने भए पहिल्यै भन्नुपर्थाे, मुटु दुखेको बिरामीलाई ग्यास्टीकको औषधि दिएर मार्ने ? अस्पतालले झार टार्न काम गरे, दबै दिएर दुई वटा सुई लगायो लास्टमा छोरो मरेपछि मेडिकल कलेजमा लैजा भनेर अर्कै अस्पताललाई दोष थुपार्न खोजे ।’ उनी नाम सिटी काम के हो यो ? आज मेरो छोरो टुहुरो भयो मेरो मेरो छोरोलाई कसले हेर्छ ? भन्दै रोइरहेकी थिइन् ।
मृतक कि श्रीमती दिपा चुँदालि डाँको छाडेर रुँदै उपचारकाे लागि अार्थिक अभाव नभएकाे भन्दै भनिन्, ‘उपचार गर्न पैसा हामीसँग जति पनि थियो पैसाको कमी हामीसँग थिएन, छाती दुखेको मेरो बुढालाई ग्यास्टीकको औषधि दिने ऐले यसको जिम्मेवारी को हो ? मुटुको राेगीलाई ग्यास्टीकको औषधि दिने ? तपाई जनतालाई सोध्नुहोस न ।’
मृतकका छिमेकी कृष्ण क्षेत्रीले डाक्टरले गर्नु कर्तव्य नगरेको बताउँदै भने, ‘हामीले बिहान बुटवलको मुटु अस्पतालमा रिर्पोट लैजाँदा मुटुको बिरामी भएको हुँदा पहिल्यै ल्याउनुपर्ने इसिजि गरेको भए बाँच्न सम्भव भएको हामीलार्इ मुटु अस्पतालले जानकारी दिए ।’ आफूले उपचार गर्न नसक्ने भए रिफर गर्नु पर्थ्यो नि कृष्ण क्षेत्रीले भने ।
बिहीबार रातको १० बजे बिरामीको मृत्यु हुँदा शुक्रवार बिहान ६ बजे अस्पतालका झाडु लगाउँदासम्म अस्पताल प्रशासनका जिम्मेवार निकाय कोही पनि उपस्थिति नभएको देखिएको छ । सरोकारवाला निकायको समेत उपस्थिति देखिएन । अस्पतालको लापरबाहीको बारेमा बुझ्न खोज्दा अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलको मोबाइल स्वीच अफ रहेको छ । अन्य जिम्मेवार व्यक्तिहरू सँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नरहेको पाइएको छ ।