मलेशिया जाँदा लाग्ने अतिरिक्त शुल्क आजदेखि खारेज


३ जेष्ठ २०७५, बिहीबार
gokarna bista

काठमाडौं, ३ जेठ । सरकारले वैदेशिक रोजगारीका लागि मलेशिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालले एकतर्फी रुपमा खारेज गरेको छ ।

gokarna bista
श्रममन्त्री गोकर्ण विष्ट । तस्विर : फाइल

मलेशियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने जनाएको छ ।

मलेशिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनु पथ्र्यो । भिसा शुल्क बापत नेपालस्थित मलेशियन दूतावासले सात सय रुपैयाँ लिने गरेको छ । तर, यस बाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनु पर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ ।

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउन ुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए–नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी) का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिंदै आएको छ । झण्डै पाँच वर्षअघिदेखि मलेशियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् । तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७