‘ट्रेड युनियन भनेको र्‍याडिकल हुनुपर्छ’


२८ जेष्ठ २०७५, सोमबार
ajya kumar rai

लामो समयदेखि श्रमिक आन्दोलनमा क्रियाशील ट्रेड युनियन कागे्रसको याताायात मजदुर संघको केन्द्रीय सदस्य, महासचिव र लगातार ३ अवधि अध्यक्ष रही १५ वर्ष सफलता पूर्वक संघको जिम्मेवारी सम्हाली सकेका मजदुर नेता हुन् अजय कुमार राई । उनले गत चैतमा यातायात मजदुरको २०७४ सालमा सर्वसम्मत ढंगमा नेतृत्व हस्तान्तरण समेत गरिसकेका छन् । साथै उनी लामो समयदेखि इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन, लण्डनका एसिया प्रशान्त क्षेत्रको कार्य समिति सदस्य समेत रहिसकेका छन् । उनै मजदुर नेता राईसँग ट्रेड युनियन कांग्रेसको छैठौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गरिएको कुराकानी :ajya kumar rai

१. तपाईहरुको महाधिवेशन के नारामा सम्पन्न हुन गइरहेको छ ?
उत्तर दिगो विकासका लागि मर्यादित रोजगारी — सुदृढ लोकतन्त्र र आर्थिक सम्वृद्धी हाम्रा जिम्मेवारी भन्ने मूल नारा सहित छैठौ राष्ट्रिय महाधिवेशन काठमाण्डौमा यही जेष्ठ २९ देखी ३१ सम्म सम्पन्न गर्न गइरहेका छौँ । यो हामी प्रजातन्त्रवादी श्रमिकहरूको चाड उत्सव पनि हो ।

२. तपाईको उम्मेदवारी केमा हो र किन हो ?
उत्तर म पुष्कर आचार्य समूहबाट खुलाको उपाध्यक्ष तर्फ मेरो उम्मेदवारी हो, मैले लामो समयसम्म यातायात मजदुर संघमा रहेर यातायात श्रमिकका पक्षमा काम गरे र यस पटक ट्रेड युनियन कागे्रसमा बसेर सबै प्रकृतिका श्रमिक कर्मचारी साथीहरूका हक अधिकारका पक्षमा काम गर्नका लागि र मैले लामो समयसम्म संघमा काम गरेको अनुभवलाई व्यवहारमा उर्तान हो ।

३. तपाईलाई किन प्रतिनिधिहरूले सहयोग गर्ने ?

म संगठक पनि हो जस्तो लाग्छ, मेरा टिमका सबै साथी भाइहरूको सहयोगले यातायात मजदुर संघलाई संस्थागत रूपमा स्थापित गरेको छु । म लामो समयदेखि श्रमिक आन्दोलनमा समर्पित छु, यो श्रमिक आन्दोलन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बुझेको छु, विदेशी श्रमिक आन्दोलनका नेता तथा विदेशी ट्रेड युनियनहरूसँगको सम्बन्ध राम्रोसँग स्थापित गरेको छु । त्यो सम्बन्धलाई ट्रेड युनियन कांगे्रस आबद्ध सदस्यहरूलाई सहयोगका रूपमा उर्तान सक्छु । उर्जावान ढंगले नयाँ सोच र प्रविधिका साथ काम गर्ने लक्ष्य राखेको छु । मैले बुझेको ट्रेड युनियन भनेको रयाडिकल हुनु पर्दछ तर त्यो अहिले भुत्ते भएको छ त्यसलाई धारीलो बनाउन पनि हामी जस्तो उर्जावान व्यक्तिहरू आउनु पर्दछ भन्ने लाग्दछ । र म जहिले पनि वर्गिय आन्दोलनका अभियन्ता भएकोले पनि सबै साथीहरूले सहयोग गर्नु हुन्छ भन्ने अपेक्षा राख्दछु ।

४. नेपाली ट्रेड युनियन आन्दोलनको के–के चुनौती छन् ?
वर्तमान कम्युनिस्ट सरकारले मजदुर सङ्गठनहरूलाई निस्तेज पार्न खोेजेको अनुभूति भई रहेको छ । मन्त्रीहरूले ट्रेड युनियनहरू माथि प्रतिबन्ध लगाउनु पर्छ भन्ने सवालका कुराहरू सार्वजनिक रूपमा बोल्दै हिँडेकोले प्रथम चुनौती त्यही नै देख्दैछु । लामो समयदेखि कार्यरत शिक्षकहरूको स्थायी सरकारले नगरेको अवस्था छ । कारखाना श्रमिकका विपक्षमा औद्योगिक व्यवसाय ऐन ल्याइएको छ त्यो चुनौती छ । नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन आएको छ । त्यो नियमावली बनाईकन लागु गराउनु पर्ने अवस्था छ । अन्तर्राष्ट्रिय रूपमै रोजगारीहरू औपचारिक क्षेत्रबाट अनौपचारिक हुँदै छ । त्यो सबलाई सम्बोधन गर्नु पर्ने चुनौती समेत रहेको छ । हाम्रो् समूहले विजय हासिल गरेमा ती सबै मुद्धाहरुमा प्रतिबद्ध भएर समाधानका लागी लाग्ने प्रण समेत गर्दछु ।

५. संस्थाको वैदेशिक सम्बन्धबारे कसरी अगाडि बढाउने सोच्नु भएको छ ?
ट्रेड युनियन कागे्रस भनेको अन्य भातृ संस्था जस्तो हैन यसको आफ्नै छुट्टै प्रकारको विशेषता छ । वैदेशिक सम्बन्ध रहेको छ । अहिले पहिले भन्दा वैदेशिक सम्बन्ध अलि कमजोर जस्तो देखिन्छ त्यसर्थ त्यसलाई बलियो बनाउन म लागि पर्नेछु । म लामो समयसम्म ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको एसिया प्रशान्त क्षेत्रको सदस्य भएको र भारतीय ट्रेड युनियन महासङ्घका नेताहरूसँग पनि मेरो व्यत्तिगत सम्बन्ध राम्रो रहेकोले आपसी भाइचारा कायम गर्दै सालमा १, २ वटा अध्ययन भ्रमणको व्यवस्था गर्नेछु । र म इमान्दारीका साथ भन्छु मलाई टे«ड युनियन कांगे्रसको पदाधिकारी भएर विदेश जान रहर चाहिँ छैन । म २४ वर्षको उमेरमा सङ्गठनबाट १ हप्ते ट्रेड युनियनको तालिममा जर्मन गएको छु । यदि त्यस्तै थियो पैसा कमाउने रहर थियो भने म पलायन पनि हुन्थे होला । त्यसपछि पनि पटक–पटक वैदेशिक तालीम, बैठकका लागि विश्वमान चित्रका विकसित देशहरू गएको छु तर मैले मेरो जीवन नै यो श्रमिक आन्दोलनमा लगाउनुपर्छ भनीकन आन्दोलनलाई छाडेर पलायन भएको व्यक्ति पनि हैन ।

६. तपाई महासङ्घको पदाधिकारीका लागि जुनियर हुनु भो भन्ने कुरा छ नि ?

म पहिलो पटक तपाइबाट यो कुरा सुन्दैछु । कसैले सङ्घमा काम ग¥र्यो होला कसैले महासङ्घमा । सङ्घमा ३–३ अवधि करिब १५ वर्ष राष्ट्रिय अध्यक्ष चलाउँदा र अन्तर्राष्ट्रिय सङ्गठनको समितिमा बसेर काम गर्दा पनि जुनियर होईन्छ भन्ने मेरो भन्नु केही छैन । १५ वर्षदेखि निरन्तर ट्रेड युनियन कागे्रसको राष्ट्रिय समिति भित्र सदस्यका रूपमा क्रियाशील छु । माओवादी द्धन्द्धकालमा समेत देशभर सङ्गठन गर्दै हिँडेको छु । अब जुनियर सिनियरको मापदण्ड के हो मलाइ बुझ्न कठिन भो । त्यो पोजिसनका लागि त्यो व्यक्ति काविल छ छैन भन्ने पनि हेर्नुपर्छ जस्तो लाग्छ । मेरो क्षमतालाई देखेर केही साथी अत्तालिनु भएको चाही होला कुरा त्यत्ति मात्र हो ।

७. तपाईको जितको आधार के हो नि ?
मैले लामो समयदेखि देशभर सङ्गठन गर्र्दै हिँडेको व्यक्ति हँु सबै साथी भाइलाई चिन्छु । आज भन्दा टे«ड युनियन कागे्रसले एमाले निकट मजदुर सङ्गठनसँग संयुक्त रूपमा करिब १ महिने प्रशिक्षक बनाउने तालिमबाट ट्रेड युनियन विषयको प्रशिक्षक पनि हँु । र त्यसको माध्यमबाट मैले धेरै साथीहरूलाई तालीम दिलाउने अवसर प्राप्त गरेको छु । तिनै प्रशिक्षार्थी कोही आबद्ध सङ्घको अध्यक्ष, महासचिव, जिल्ला ट्रेडको अध्यक्षहरू हुनुभएको छ । उहाँहरू सबैबाट सहयोग पाउनेमा ढुक्क छु । यो नै मेरो जितको आधार पनि हो । म निरन्तर आन्दोलनमा छु कहिकतै विचलित भएको छैन र म कहीँ कतै ट्रेड युनियनको नाममा पलायन भएको पनि छुईन । मैले यातायात मजदुर सङ्घ छाड्दै गर्दा यातायात मजदुर सङ्घको कार्यालयलाई व्यवस्थित बनाएर छाडेको छु । चैत्रमा भएको सङ्घको अधिवेशनमा सबै कार्य समिति निर्विरोध चयन गराउन सफल भए त्यो नेतृत्व गर्ने क्षमता भएर नै होला त्यसर्थ यी सबै कारणहरू मेरा जितका आधार हुन र म ढुक्क छु ।

८. अन्त्यमा तपाईलाई केही भन्नु छ ?
उत्तर यो आन्दोलनमा केही विकृति विसंगतिहरु रहेको छन् त्यसलाई सही दिशामा ल्याउन र परिमार्जन गर्न पनि पुष्कर आचार्य को समूह लाई जिताउन हुन सबै साथीहरूमा म हार्दिकताका साथ अपिल गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७