एनआइसी एशिया बैंकका ग्राहकलाई अब नर्भिक अस्पतालमा छुट
काठमाडौं, ३ भदौं । अब एनआइसी एशिया बैंकका ग्राहकले नर्भिक इन्टरनेशनल अस्पताल थापथलीमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।
आइतबार एनआइसी एशिया र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक र ग्राहकलाई नर्भिक अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर जयेन्द्र रावल र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । नेपालकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआइसीले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा हित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
बैंकको वासलातको आकार १८१ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करीब १२४ अर्बसहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।