एशियाड : करातेका तीन खेलाडी पहिलो चरणमै बाहिरियो
काठमाडौं १० भदौं। इन्डोनेसियमा भइरहेको १८ औं एसियाली खेलकुद करातेमा आइतबार तीन खेलाडीले पहिलो चरणबाटै पराजित भएका छन् ।
जेसीसी प्लेनरी हलमा भएको पुरुष ६० केजीमा नेपालका सोनाम लामा भियतनामका हाइभान नुयेनसंग ३–० तथा ६७ केजीमा नेपालका विजय लामा जापानका सिनोहारा हिरोतोसंग १–० ले पराजित भए ।
महिला ६१ केजीमा थाइल्यान्डकी आर्म सुक्कीआउले नेपालकी सुनीता महर्जनलाई ४–१ ले निराश पराजित भइन्।सोमबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दिवस श्रेष्ठ र महिलामा अनु अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पहिलो दिन शनिबार तीन नेपाली खेलाडी पराजित भइसकेका छन् ।