स्टेजबाट हँसाउँदै आएका मनोज गजुरेल अब चलचित्रको पर्दामा, माघमा मनोजको ‘सय कडा दश’


२५ भाद्र २०७५, सोमबार
1536503879manoj

काठमाडौं, २५ भदौ । स्टेज कार्यक्रममार्फत देश–विदेशका दर्शक, स्रोतलाई हँसाउँदै आएका कलाकार मनोज गजुरेललाई अब चलचित्रको पर्दामा पनि देख्न पाइने भएको छ ।

1536503879manoj
मनोज गजुरेल

चर्चित हाँस्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सय कडा दश’ ले माघ १८ लाई आफ्नो रिलिज मिति घोषणा गरेको छ । फिल्मका निर्देशक रामशरण पाठक हुन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभाव फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।

फिल्ममा गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय छ । फिल्मका लेखक निर्देशक पाठक स्वयम् हुन् । ‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मन परेकैले फिल्म गरेको हुँ’ फिल्मबारे गजुरेलले भने, ‘रङ्गमञ्च अभिनयले फिल्म करियरमा सजिलो भयो ।’

अभिनेता राजाराम पौडेलले ’सय कडा दश’ लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्म भएको बताएका छन् । ‘मैले करियरमा जति फिल्म खेलें, तीमध्येको उत्कृष्ट हो’ उनले भने, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्ने छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७