अन्तराष्ट्रिय अस्पतालको सुबिधा अब ह्याम्समा, भगवान कोइरालादेखि भोला रिजालसम्म एकै ठाउँमा
‘आम नागरिकको पहुँचमा हुने’
काठमाडौं, २ भदौ । डा.उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि ‘एड्भान्स’ उपचारका लागि स्थापना गरेको ह्याम्स अस्पतालले अब अन्तराष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधि सहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला, अर्जुन कार्की, मानवहादुर केसी, प्रकाश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित ह्याम्स अस्तपाल सञ्चालनमा आएको हो ।
ह्याम्स अस्पताल
काठमाडौं धुम्बाराहीमा १५ रोपनी जग्गामा हेलिप्याड सहितको नवनिर्मित भवनबाट ह्याम्स अस्पतालले अन्तराष्ट्रियस्तरको स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले बताए । नेपालका बरिष्ठ डाक्टरहरु सहित ठूलो लगानीमा निर्मित अत्याधुनिक भवनबाट उपचार सेवा शुरु गरिएको उनले जानकारी दिए ।
सरकारी र निजी अस्पतालहरुलाई सर्जिकल लगायत मेडिकल उपकरण सप्लाई गर्ने व्यवसायी भण्डारीको पहलमा ह्याम्स अस्पताललाई पुनर्जीवन दिइएको डा. भगवान कोइरालाले बताए ।
ठूलो लगानी र अन्तर्राष्ट्रियस्तरको प्रबिधि भित्रायाएर शुरु गरिएको ह्याम्स अस्पताल नेपालमा हाल चलिरहेका निजी क्षेत्रका अस्पतालहरुमध्ये केही बिधामा अत्याधुनिक रहेको भण्डारीले बताए । अध्यक्ष भण्डारीले मध्यम र निम्न वर्गका जनताको समेत पहुँच हुने गरि उपचारमा सहजीकरण गर्ने लक्ष्य राखिएको दावी गरे ।
नेपाल सरकारको स्वास्थ्यमन्त्रालयले दिएका मापदण्ड अनुसार गरिव असहाय विरामीलाई सेवा उपलव्ध गराइने भण्डारीले बताए । भण्डारीले भने, ‘अहिले ठूला र अन्तराष्ट्रिय स्तरका सुबिधा सम्पन्न अस्पताल भन्ने बित्तिकै निम्न आर्थिक अवस्थाका विरामीको पहुँच नहुने अवस्था छ ।’
अन्तराष्ट्रियस्तरको सुबिधा सम्पन्न ह्याम्स अस्पताल आम मान्छेको पहुँच हुने उनको भनाई छ । ‘हामी व्यवहारिक रुपमा देखाउनेछौं, ह्याम्स अस्पताल आम मान्छेको पहुँच हुने अन्तर्राष्ट्रिस्तरको सुबिधा सम्पन्न अस्पताल हुनेछ, उनले भने, ‘ल्याब र रोगको डाइग्नोसिस प्रबिधिमा हामीले जोड दिएका छौ,जसले गर्दा रोग पत्ता लगाउन विदेश जाने अवस्था अन्त हुनेछ । अत्याधुनिक प्रबिधि र चिकित्सकद्धारा छिटो रोग पत्ता लगाएर अन्तर्राष्टियस्तरको सेवा उपल्वध गराइनेछ ।’
अस्पतालका लागि आवश्यक उपकरण र प्रबिधिहर सिधै बहुराष्ट्रिय कम्पनीहरुबाट मगाइएको भण्डारीले बताए । ह्याम्स अस्पतालको अहिलेसम्मको इतिहास, नेपालकै नाम चलेका विशेषज्ञ डाक्टरको जमघट र अत्याधुनिक प्रबिधि र उपकरणको त्रिपक्षीय विशेषताका कारण ह्याम्पस अस्पताल सबैको भरोसायोग्य अस्पताल बन्न सक्ने विश्वास लिइएको उनले बताए ।
ह्याम्समा को–को छन् डाक्टर ?
डा. भोला रिजाललाई स्वागत गरिदै
यही साता अस्पतालमा संलग्न डाक्टरहरुलाई स्वागत गर्दै अध्यक्ष भण्डारीले सबै समक्ष परिचय गराए । डाक्टरहरुको एकपछि अर्को नाम सुन्दा ह्याम्स अत्याधुनिक र सुविधासम्पन्न अस्पताल मात्र होइन, यहाँ कार्यरत डाक्टरहरुको नामावलीले धेरैको ध्यानाकर्षण गर्ने देखिन्छ ।
ह्याम्सको आकर्षण अत्याधुनिक सुविधा सम्पन्न भवन भन्दा पनि नेपाल र विदेशमा समेत नाम कहलिएका चिकित्सकहरुनै हुन् । चर्चित मुटु शल्य चिकित्सक डाक्टर भगवान कोराला, मुटुरोग विशेषज्ञहरु प्राध्यापक डाक्टर विाकर शर्मा, रोशन राउत लगायतको नेपालकै उत्कृष्ट विशेषज्ञ डाक्टरको टिमले ह्याम्समा सेवा दिन थालेको छ ।
डा.भगवान कोइरालालाई अस्पतालमा स्वागत गरिदै
त्यस्तै स्वासप्रस्वास र आकस्मिक उपचार बिभागमा डा अर्जुन कार्की, राजु पंगेनी, सचित शर्मा, प्रज्ज्वलदेव भट्ट र हेमराज पनेरु छन् । न्यूरोसर्जरी प्राडा प्रकाश विष्ट छन् । प्रसुती तथा स्त्रीरोगविज्ञमा प्रा.डा पदमराज पन्त र डा. सुनिता पुन छन् । छाती, स्तन तथा थाइराइड शल्यचिकित्सक प्राडा प्रकाश सायमी, डा बिभूसल थापा, डा. रन्जन सापकोटा छन् । नाक कान घाँटीविद प्राडा बिमलकुमार सिन्हा, डा कुन्जन आचार्य, प्राडा हरि भट्टराई, डा सुषमा भट्टचन छन् ।
त्यस्तै प्रयोगशाला परिक्षण, हाडजोर्नी, रेडियोलोजी, फिजियोथेरापी, युरोलोजी, सरुवा रोग डा अनुप सुवेदी, एनेस्थेसिया लगायत विभागमा अनेक चर्चित डाक्टरहरु कार्यरत रहेको जानकारी अध्यक्ष भण्डारी दिए । डा भाष्करराज पन्त,विज्ञान भण्डारी, सन्दिप भण्डारी र प्रशान्त अधिकारी सहितको अर्थोपेडिक विशेषज्ञहरुको टिमले उपचार सेवा शुरु गरिसकेको भण्डारीले जानकारी दिए ।
सिंगापुरबाट भर्खरै फर्किएकी छाती रोग विशेषज्ञ रक्षा पाण्डे, एम्स अस्पताल दिल्लीबाट विशेषज्ञता हासिल गरेका र्का छातिरोग विशेषज्ञ डा. राजु पंगेनी, अमेरिकाबाट भर्खरै इन्फेक्सन डिजिजमा विशेषज्ञ हासिल गरेका अनुप सुवेदी लगायत नाम चलेका विशेषज्ञ डाक्टरहरुल ह्याम्समा जोडिएका छन् ।
अस्पतालको नयाँ लोकेशन पनि चत्रपथबाट करीव ५ सय मिटर भित्र धुम्बाराही चोकबाट मण्डिखाटारतर्फ जाने बाटोमा राखिएको छ । कपन,मण्डिखाटार क्षेत्रमा चप्पल कारखानासँगै सबैलाई पायक पर्ने गरि अस्पतालको लोकेशन खोजिएको अध्यक्ष भण्डारीले बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी चिकित्सक रहिसकेका डा. अर्जुन कार्कीले आफ्नो पेशालाई मर्यादित र पेशागत अनुशासन कायम राखिरहेका डाक्टरहरु मिलेर यो अस्पताललाई पुनर्जीवन दिएको बताए ।
उनले भने–उपचार गर्ने क्रममा हामीले अहिलेसम्म जुन लगावकासाथ सेवा गरेका थियौं हामी अझ चुस्ती र फुर्तीकासाथ आफ्नो क्षमतालाई निरन्तरता दिनेछौं । यो काठमाडौंमा मात्र नभएर देशकै उत्कृष्ट र सुलभ अस्पताल बन्नेछ ।
डा.भगवान कोइरालाले आम नागरिकले ढुक्क भएर स्वास्थ्योपचार गर्नका लागि ह्याम्सलाई रोज्ने वातावरण आफूहरुले बनाउने बताए । उनले उपेन्द्र देवकोटा र मधु घिमिरेले शुरु गरेको अस्पताललाई पुनर्जीवनव दिइएको बताए ।
अस्पतालका अध्यक्ष युवा व्यवसायी भण्डारीले कुनै पनि रोगको उपचार वा रोग पत्ता लगाउन नसकेर विदेश जाने अवस्था अन्त गर्न ह्याम्स अस्पताल सफल हुने दावी गरे ।
उनले ह्याम्समा रहेका विशेषज्ञ डाक्टरको टिमले विदेशमा उपचार गर्न जाने बाध्यता हटाउने बताए । भने, ‘यतिखेर सबैभन्दा धेरै नेपाली विश्वस्त हुँदै ढुक्क बनेर उपचार गर्ने ठाउ खोजीरहेका छन् । त्यसैले विश्वासिला डाक्टरहरुसंगै सुविधासम्पन्न अस्पताल बनाउने योजनाले हामीलाई आकर्षित गर्यो र दत्तचित्त बनेर लागेका छौं ।’
बरिष्ठ सर्जन,स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल पनि ह्याम्स अस्पतालमा जोडिएका छन् । हालैमात्र ओम अस्पताल तथा रिसर्च सेन्टरको अध्यक्षबाट राजिनामा दिएका रिजालले गुणस्तरीय स्वास्थ्य सेवा दिन ह्याम्स अस्पताल रोजेको बताए ।