विप्लवका कार्यकर्ताबाट मतदाता शिक्षा सामाग्री लुटियो
जुम्ला: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले जुम्लामा निर्वाचन आयोगको मतदाता शिक्षा सामाग्री लुटेका छन् ।
जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ रनुखानाबाट विप्लवका कार्यकर्ताले बुधबार दिउँसो मतदाता शिक्षा सामाग्री लुटेर लगेका हुन् ।विप्लवका कार्यकर्ताले रनुखाना गाउँमा लगिएका चार प्रकारका सबै मतदाता शिक्षा सामाग्री लुटेर लगेको जिल्ल निर्वाचन कार्यालयले जनाएको छ ।