चीनको अर्को चमत्कार, चीन-हङकङ-मकाउ जोड्न बनायो विश्वकै लामो सामुद्रिक पुल
हङकङ : चीनले संसारलाई चकित तुल्याउने गरी छोटो समयमै विश्वकै लामो समुन्द्री पुलको निर्माण कार्य सम्पन्न गरेको छ । हङकङ–मकाउ–चुहाई जोड्न ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो सामुद्रिक पुल चीनले निर्माण गरेर उद्घाटन गरेको हो ।
चिनियाँ सहर जुहाईको हुँदै मकाउ जोड्ने विश्वकै लामो यो पुल अक्टोबर २४ बाट खुल्ला हुने भएको हो । ५५ किलोमिटर लामे पुललाई एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले मंगलबार गरेका छन् ।
यो पुल पर्ल रिवर एस्चुरीको लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ ।
२० अर्ब अमेरिकी डलर लागतमा यो पुल निर्माण भएको हो । सन् २००९ बाट निर्माण सुरु यो पुलमा बुधबारबाट यातायतका साधन गुड्नेछन् । यो ६ लेनको पुलको आयु १२० बर्ष तोकिएको छ ।
५ हजारभन्दा बढी नेपालीको सहभागिता
पुल निर्माणका क्रममा ७ जना कामदारको मृत्यु भएको थियो भने १२० जना घाइते भएका थिए । पुल निर्माणमा एक नेपालीको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । यो पुल निर्माणमा ५ हजारभन्दा बढी नेपाली संग्लन भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।
विश्वको सबैभन्दा लामो यस पुलमा पैदल हिँड्न निषेध गरिएको छ । हङकङबाट चिनियाँ सहर जुहाई जान कबिर ४ घण्टा लाग्ने गर्छ । तर, पुल संञ्चालनमा आएपछि त्यो यात्रा जम्मा ३० मिनेटको हुनेछ । चीनको अर्को विशेष प्रशासनिक क्षेत्र मकाउ पुग्नलाई यो पुल झनै सजिलो हुने भएको थियो । यसअघि हङकङ र मकाउबीच सिधा यतायात सम्पर्क थिएन ।
चीनका उपप्रधानमन्त्री भन्छन्, ‘विकासका एक भाग’
चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताए । यस मेगा ब्रिजले हङकङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङको भनाई छ ।
तर विश्लेषकहरु भन्छन्, ‘यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ ।’
चीनद्धारा निर्मित हङकङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो । यसअघि गत महिना चीनले हङकङलाई जोड्ने द्रूत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो ।