यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिददर ११७ रुपैयाँ २१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८१ पैसा तोकेको छ ।
एक युरोको खरिद दर १३३ रुपैयाँ ७० पैसा र बिक्रिदर १३४ रुपैयाँ ३९ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ५८ पैसा र बिक्रिदर १५१ रुपैयाँ ३५ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ १४ पैसा र बिक्रिदर ८३ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ ४३ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । यता कतारी एक रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै मलेसियन एक रिंगिटको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रिदर २८ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८६ रुपैयाँ ७ पैसा र बिक्रिदर ३८८ रुपैयाँ ५ पैसा रहेको छ ।