फोक्सोको संक्रमणले निधिलाई निमोनिया, एकसाता अस्पतालमै बस्नुपर्ने


८ मंसिर २०७४, शुक्रबार

काठमाडौँ: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।bimenedra nidhi

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातिरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए ।

‘उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ’, उनले भने, ‘धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।’

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहेका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए।

राजदूतद्वारा स्वास्थ्यलाभ कामना

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत निधिलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । राजदूत पुरीले शुक्रबार ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७