३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरू


१० मंसिर २०७४, आईतवार
Voting

काठमाडौं :  पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान शुरु भएको छ । १११ जनप्रतिनिधि लागि बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । Voting
मतदानमा १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन्।
यसअघिनै प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई अपिल गरेका थिए। सम्पूर्ण तयारी पूरा भएको बताउँदै यादवले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका हन्।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा करिब ५० हजार कर्मचारी चुनावमा खटिएका छन्। चुनावका लागि स्वयंसेवक पनि खटिएका छन्।

निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणमा करिब १० हजार पर्यवेक्षक खटिनेछन्। यो सङ्ख्या स्वदेशी र विदेशी दुवै संस्थाको हो। युरोपेली सङ्घ, कार्टर सेन्टर लगायतका पर्यवेक्षक चुनावमा खटिनेछन्। निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार विदेशीसहित ५६ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७